देउवालाई मत दिने २२ सांसदलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण


४ साउन, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ । ललितपुरको च्यासलमा सोमबार बसेको १० औं केन्द्रीय कमिटी बैठकले देउवाको पक्षमा मत दिने २२ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले स्पटीकरणको पत्र प्राप्त भएपछि कारबाहीको बारेमा निर्णय हुने बताए । त्यस्तै बैठकले १० बुँदे एकता प्रस्ताव पारित गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने निर्णय पनि गरेको छ । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिन पार्टीका लागि शर्मनाक भएको बताएका छन् ।

उनले वरिष्ठ नेता माधवकुमार नेपाल कम्युनिस्ष्ट आन्दोलनको गद्दार भएको आरोपसमेत लगाए । देउवालाई विश्वासको मत दिनेमा किसन श्रेष्ठ, बिना बुढाथोकी, हीरा केसी, माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, भवानी खापुङ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खान, पुष्पाकुमारी कर्ण कायस्थ, सरला यादव, लक्ष्मी चौधरी र मेटमणि चौधरीसहित २२ जना छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको