आज सूनको मूल्य कति ?


४ साउन । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो ।

आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज ९२ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज तेजावी सुन प्रतितोला ९२ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज तोलामा ५ रूपैयाँले घटेर १२ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको