देउवाले बहुमत सांसदको विश्वास मत पाउने भएपछि एमाले नेपाल समूह बाहिरिँदै


Deep Diamond

३० साउन । काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाले बहुमत सांसदको विश्वासको मत पाउने भएपछि नेकपा एमाले माधव नेपाल समूहका सांसदहरु संसद भवनबाट बाहिरिनु भएको छ ।

जनता समाजवादी पार्टीको महन्त ठाकुर र उपेन्द्र यादव समूहले नै विश्वासको मत दिने भएपछि नेपाल समूहका सांसदहरु बाहिरिनु भएको हो । नेता नेपालसँगको छलफलपछि मतदान प्रक्रिया सुरू हुनुभन्दा पहिला नै उहाँहरु संसद भवनबाट बाहिरिनु भएको एमाले सांसद झपट रावलले बताउनु भएको छ ।

रावलसँगै घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, गोकर्ण बिष्टलगायत सांसदहरू संसद भवनबाट निस्कनु भएको छ । वरिष्ठ नेता नेपालसहित केही सांसदहरू भने संसद भवनमै अझै पनि हुनुहुन्छ ।

आफूहरूको उद्देश्य संसद बचाउनु भएकाले ठाकुर र महतोले विश्वासको मत दिने भएपछि संसद बच्ने उद्देश्य पूरा भएको उहाँहरुले बताउनु भएको छ । यसअघि नेपाल समूहमा रहेका एमाले उपाध्यक्ष भीम रावलले राजनीतिक अनैतिक काम भएको भन्दै राजीनामा दिनु भएको छ ।

देउवाको पक्षमा नेपाली कांग्रेसको ६१, नेकपा माओवादी केन्द्रको ४९, राष्ट्रिय जनमोर्चाको १, जसपा उपेन्द्र समूहको २० गरी १ सय ३१ मत थियो । अब जसपाकै महन्थ ठाकुर समूहका १२ थपिएसँगै देउवाको पक्षमा १ सय ४३ मत पुग्ने भएको छ ।

विश्वासको मतका लागि १ सय ३६ मत आवश्यक पर्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको