
३० असार । उदयपूरको बेलका नगरपालिकाद्धारा संचालित महिला सुरक्षा आवासलाई बिभिन्न उपकरण तथा खाध्यान्न सामाग्री बितरण गरिएको छ । सामाजिक बिकास मन्त्रालयको आर्थिक सहयोग र ओरेक नेपालको आयोजनामा ल्यापटप, पृन्ट्रर, इन्भटर, बेड, सिर क, डसना, चिनी, दाल लगायतका सामाग्री बितरण गरिएको हो ।
उक्त आवासले स्थापना काल देखिनै समुदायस्तरमा भएको महिला हिंसामा परेकाहरुलाई न्याय दिलाउन तथा आत्मनिर्भर बनाउन सक्रिय भएर लागि रहेको र महिला सुरक्षा आवासले हाल सम्म ८० जना हिंसा पिडित महिलालाई उद्दार गरिसकेको मनो सामाजिक कार्यकर्ता जानुका दंगालले बताइन।
बिगत लामो समय देखि बिशेष गरी महिलाहरुको मुद्धामा सक्रिय रहेर काम गर्दै आएको ओरेक नेपाललाई धन्यवाद दिदै बेलका नगर उप प्रमुख राज कुमारी चौधरीले हिंसामा परेका महिलाको उद्दार गरि उनिहरुको जिबिको पार्जनमा सहज बनाउनको लागि बेलका नगरपालिकाले आवस्यक तालिम प्रदान गरि उधमी बन्न समेत प्रोत्साहन गर्ने गरेको बताइन ।
सामुदायीक स्तरमा महिला प्रति देखिएको महिला हिंसा, छुवाछुत, बलात्कारबाट महिलाको उद्दारको क्षेत्रमा खेलेको भुमिकाले आफू खुशी रहेको बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापाले बताए । नगरपालिकाले आगामी दिनमा महिला सुरक्षा आवासलाई थप ब्याबस्थित बनाई अगाडि बढाउने प्रतिबद्धता समेत ब्याक्त गरेका छन ।