भारतीय क्रिकेट कोहली र नायिका शर्माले २ करोड भारतीय रुपैयाँ आर्थिक सहयोग


२५ बैशाख,काठमाडौँ । कोरोना भाईरसको महामारीविरुद्ध लड्न भारतीय क्रिकेट कप्तान विराट कोहली र उनकी पत्नी नायिका अनुष्का शर्माले २ करोड भारतीय रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेका छन् ।

उनीहरूले कोरोना विरुद्ध लड्न आर्थिक संकलन अभियान पनि थालेका छन् । कोहली दम्पतीले केट्टो प्लाटफर्मबाट युनाईटेड वे अफ बेन्ग्लुरुनामक एनजीओसँग मिलेर अभियान सुरु गरेका हुन् ।

यस अभियानबाट ७ करोड संकलन गर्ने लक्ष्य रहेको बताईएको छ । उक्त अभियानकै लागि कोहली दम्पतीले २ करोड दिने घोषणा गरेका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको