तेश्रो बर्दिबास महोत्सवमा दर्शकहरुको उत्साहजनक सहभागीता


२ चैत्र,बर्दिवास । महोत्तरीको बर्दिबासमा आयोजित तेश्रो बर्दिबास महोत्सवको छैटौ दिन हिजो दर्शकहरुको उत्साहजनक सहभागीता रहेको थियो ।

नेपाल आइडल सिजन ३ बाट चर्चामा आएकी गायिका रचना रिमालले हिजो साँझ बर्दिबास महोत्सवको स्टेज तताएकी थिइन् । उनले साँङ्गीतिक प्रस्तुति दिई रहदा दर्शक दीर्घले ताली बजाएर हुटिङ्ग गर्दै उत्साह थपेका थिए । रिमाल सहित राजा राजेन्द्र पोखरेल ,गणेश केसी र रमेश श्रेष्ठ मेलाडीले समेत साँङ्गीतिक प्रस्तुति दिएर दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।

यसैबिच नेपोलिएन डान्स टोली इटहरी सहित स्थानीय कलाकारहरु सुर्य नारायण विश्वकर्मा,विनिता तामाङ्ग,पूजा मगर,रंजिता खड्का, महिमा विश्वकर्मा लगाएत अन्य स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।
दिउँसो साँढे १ बजे देखि सुरु भएको साँस्कृतिक कार्यक्रम केही समय प्रविधिमा आएको कठिनाइका कारण् बन्द भएपनि अपह्रान्न साँढे ४ बजेबाट पूनः सुचारु भएको थियो ।

महोत्सवमा आज सोमबार नेपाल आइडल सिजन ३ का शीर्ष तेश्रो स्थान विजेता बर्दिबासकै स्थानीय किरण भुजेल,नेपाली तथा भोजपूरी गायक सुनिल पण्डित,शैमा श्रेष्ठ,रमेश मेलोडी र गणेश केसी लगाएतका राष्ट्रिय तथा ख्यातिप्राप्त गायक गायिकाको प्रस्तुति रहने छ ।
कोरोना महामारीले थलिएको बर्दिबासको अर्थतन्त्रलाई उकास्ने हेतुले महोत्सवको आयोजना गरेको बर्दिबास उद्योग वाणिज्य संघले जनाएको छ । यहाँ नुनदेखि सुन सम्म , साडी देखि गाडी सम्मका सामानहरु सुपथ मुल्यमा पाइन्छन् । त्यसैगरी स्थानीय कृषीजन्य उत्पादनमा फ्री स्टको समेत व्यवस्था गरिएको छ भने घरेलु उत्पादनका सामाग्रीहरुमा ६० प्रतिशत स्टल छुटको व्यवस्था गरिएको छ ।
महोत्सवमा आउने सम्पूर्ण कलाकारहरुको खाना र बासको निशुल्क व्यवस्था बर्दिबास भित्र सञ्चालित होटेलहरुले गर्दै आएका छन् ।
यहाँ स्थानीय बस्तुहरूको प्रदर्शनी, व्यावसायिक स्टल, अत्याधुनिक खेल सामाग्री राखिएका छन् । महोत्सव अवलोकन गर्न प्रति व्यक्ती ५५ रुपैंयाको टिकट काट्नु पर्नेछ ।

बर्दिबासको कृषि, पर्यटन, कला, संस्कृति तथा व्यापार प्रवर्द्धनका लागि महोत्सवको आयोजना गरिएको बर्दिबास उद्योग वाणिज्य सङ्घ बर्दिबासका अध्यक्ष प्रह्लाद कुमार क्षेत्रीले जानकारी दिए ।
फागुन २५ गते प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरेको महोत्सव चैत्र ८ गतेसम्म सञ्चालन हुनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको