सुर्खेत, साउन ७ । एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् ।
यसअघि संसदीय दलका नेता लीला गिरीलाई मुख्यमन्त्री बनाउने तय भए पनि पार्टी केन्द्रको निर्देशनमा अचानक आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी भएको हो।
एमाले लुम्बिनी प्रदेशका प्रमुख सचेतक तुलसी चौधरीले चेतनारायण आचार्यले मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेको बताए ।
उनले भने, ‘अहिले चेतनारायण आचार्यको नेतृत्वमा सरकार बनाउन मुख्यमन्त्रीलाई दाबी पेश गर्दैछौँ ।
आफूलाई पार्टीले सरकारको नेतृत्वको जिम्मेवारी दिएको र सोही अनुसार प्रदेश प्रमुखसमक्ष आफ्नो दाबी पेश गर्ने तयारी गरिरहेको आचार्यले बताए ।
यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका आचार्य जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री थिए । आचार्य लीला गिरी नेतृत्वको सरकारमा ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्री थिए ।
अर्घाखाँची निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित आचार्य एमालेका केन्द्रीय सदस्य हुन् । सेतोपाटी










