काठमाडौँ, जेठ २१ । काठमाडौं महानगरका मेयर बलेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई १० हजार करोडको घोटाला लुकाउन अर्को काण्ड बनाएर जनतालाई धोका नदिन आग्रह गरेका छन् ।
झापाको गिरिबन्धु टी-स्टेटको जग्गामा बैना लिनेलाई दुई वर्षधित्र गिरीबन्धुकै जग्गा दिलाउने भनेर थुमथुम्याएको समेत दाबी गरेका छन् ।
सोमबार बिहान साहले सामाजिक सञ्जाल फेसबुकमार्फत त्यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा काठमाडौँ महानगरले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थालेको भन्दै कटाक्ष गरेका छन् ।
* मेयर बालेन शाहले समाजिक सञ्जालमा लेखेका प्रमाण










