आईसीसी टी–२० विश्वकप : नामिबियाले गर्‍यो ओमानलाई १०९ रनमा अलआउट


मोरङ, जेठ २१ । आईसीसी टी–२० विश्वकपमा नामिबियाले ओमानलाई १०९ रनमा अलआउट गरेको छ ।

सोमबार बिहान भएको खेलमा पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा सबै विकेट गुमाउँदै १०९ रनमा अलआउट भयो ।

नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ विकेट लिएर ओमानलाई सामान्य स्कोरमा पुर्याए ।

डेविड विसाले ३, गेहार्ड इरास्मसले २ र बर्नार्ड स्कोल्ट्जले १ विकेट लिए ।

ओमानका खालिद कैलले ३९ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ३४ रन बनाए ।

जिशन मक्शुदले २० बलमा २२ रन जोडे भने अयान खानले १५ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले रन बनाउन सकेनन् ।

ओपनर कश्यप प्रजापति र कप्तान अकिब इलियास शून्य रनमा आउट भए भने नसिम खुशी ६, मोहम्मद नदीम ६, मेहरान खान ७ र शकील अहमद ११ र कलिमुल्लाह २ रनमा आउट भए ।

जवाफमा ब्याटिङ गरेको नामिबियाले यसअघि नै पहिलो विकेट गुमाइसकेको छ ।

पहिलो ओमरको दोस्रो बलमा ओमानका बिलाल खानले ओपन भ्यान लिगेनलाई बल दिए । पहिलो ओभरको अन्त्यमा नामिबियाले ४ रन जोडेको छ र अहिले ५ ओभर सकिदा नामिबियाले २४ रन जोडेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको