रुसी मिसाइल आक्रमणमा परी युक्रेनमा कम्तीमा १८ जनाको मृत्यु


काठमाण्डौ, माघ १० गते ।

रुसले युक्रेनका प्रमुख शहरहरूमा मिसाइल आक्रमण गर्दा कम्तीमा १८ जनाको मृत्यु भएको छ । त्यस्तै १३० जनाभन्दा बढी घाइते भएका छन् । रुसको पछिल्लो आक्रमणपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले एक भाषणमा रुसले ४० वटा विभिन्न प्रकारका क्षेप्यास्त्र प्रहार गरेको बताउनु भएको समाचार संस्था अल जजीराले जनाएको छ ।

मिसाइल प्रक्षेपणका कारण १४० घरसहित २ सयभन्दा बढी भौतिक संरचना र भवन ध्वस्त भएको उहाँले जानकारी दिनुभएको छ । प्रभावित क्षेत्रमा उद्धार कार्य जारी छ । उक्त हमलामा त्यहाँ बस्ने आम र निर्दोष नागरिकको ज्यान गएको समाचारमा उल्लेख छ । राष्ट्रपति जेलेन्स्कीले यस आक्रमणको कडा प्रतिक्रिया दिनुभएको छ ।

श्रोत उज्यालो


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको