राप्तीमा बस दुर्घटना: घाइते सबैको नाम सार्वजनिक (सूची)


दाङ(राप्ती), पुस २८ गते ।

दाङको राप्ती नदीमा बस खस्दा घाइते भएका सबैको परिचय खुलेको छ । गएराति दाङको राप्ती गाउँपालिकास्थित राप्ती खोलाको पुलबाट नेपालगन्जबाट काठमाडौं आउँदै गरेको बस नं १ बी ३९१२ खसेर दुर्घटना भएको थियो ।

बसमा रहेका ३५ यात्रुमध्ये १२ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । घाइते सबैको परिचय खुलाइएको दाङका डिएसपी जनक मल्लले जानकारी दिनुभयो ।

दुर्घटनामा परी मृत्यु भएकामध्ये १४ जनाको बाँकेको कोहलपुर मेडिकल कलेज, ७ जनाको बुटवल र २ जनाको दाङमाईमा उपचार भइरहेको छ । बसका सहचालक राप्तिसोनारी गाउँपालिका–२ बाँकेका ३१ वर्षीय कुलबहादुर गोसाईको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बाँकेको नेपालगंज उपमहानगरपालिका – १९ का ३५ बर्षीय लिला वली, अर्का सहचालक बाँकेको बैजापर गाउँपालिका – ३ का २१ बर्षीय शंकर थारु, भारतको बहराईज मटेराका २८ बर्षीय राहुल कुमार यादव र २० बर्षीय छोटी सलौटा, कालिकोटको माहाबै गाउँपालिका – ५ का ४५ बर्षीय तिलकप्रसाद उपाध्याय, बाँकेको नेपालगंज उपमहानगरपालिका – १२ का २४ बर्षीय आसतोस गौतम र बाँकेको डुडुवा गाउँपालिका– १ का २५ को मोहमद जावेद छन् ।

त्यसैगरी बर्दियाका २२ वर्षीय सजीव थारु, बाँकेका १८ वर्षीय दशरथ विक, बाँकेका १९ वर्षीय निफाख खान, डोल्पाका ३५ वर्षीय धनकाली बाडा, २० वर्षीय कोरिञ्जन कोरी रहेका छन् । बाँकेका २० वर्षीय आवाज नाउ पनि नेपालगन्ज मेडिकल कलेजमा छन् । उनीहरुको पूरा ठेगाना खुलाइएको डिएसपी मल्लले जानकारी दिए ।

घाइतेमध्ये सात जनालाई बुटवल पठाइएको छ । बुटले पठाइएका घाइतेमध्ये काठमाडौं चाविहालका ४४ वर्षीय सुवास सार्की, रौतहटका २६ वर्षीय सञ्जय कार्की, जुम्लाका १९ वर्षीय विशाल बोहरा, काठमाडौंका ११ वर्षीय आज्ञा पाण्डे रहेका छन् । ३८ वर्षीया मञ्जु शर्मा, २३ वर्षीया सञ्जु बधवाल र ४५ वर्षीया राधा पाण्डे छन्।

जुम्लाको हिमा गाउँपालिका–४ का २० वर्षीय बालकृष्ण शाही र बाँके कोहलपुरका २१ वर्षीय धनबहादुर पुन मगरको भालुवाङमा उपचार भइरहेको डिएसपी मल्लले जानकारी दिनुभयो ।

चालक सल्यानको त्रिवेणी गाउँपालिका–४ बस्ने २८ वर्षीय लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

दुर्घटनामा ज्यान गुमाएका १२ मध्ये ८ जनाको परिचय खुलेको छ ।

मृतकहरूमा बाँके नेपालगंजका ६० बर्षीया कुसुम बनेत, मकवानपुर हेटौडाका ३९ बर्षीय सौरभ बिष्ट, काठमाडौ चन्द्रागिरी नगरपालिका – १५ का ६५ बर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेश अतिकुल्ला खैरेका ३१ बर्षीय मुने, जुम्लाको श्रीढुम्का – ९ का ४० बर्षीय मुनबहादुर रावत, बाँकेका ३० बर्षीय रामबरण हरिजन, रुकुमको साबिक गोतामकोट गाबिस – ९ का २५ बर्षीय दपक कामी, भारतको बिहार पूर्बी चम्पारण मलाइका ६७ बर्षीय योगेन्द्र राम जोगेन्द्र राम छन्।

त्यस्तै नाम थर र वतन नखुलेको अन्दाजी ३५ बर्षीय पुरुष, ५२ बर्षीय पुरुष, ३० बर्षको पुरुष र ४५ बर्षीय पुरुषको पहिचान खुल्न बाँकी रहेको डिएसपी मल्लले जानकारी दिनुभयो ।

श्रोत setopati


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको