धर्मेन्द्र कुमार कुर्मी। विजयनगर गाउँपालिका-७ स्थित गणेशपुर स्वास्थ्य चौकी कार्यालयमा दिगो विकास लक्ष्यलाई मध्यनजर गर्दै हरियाली प्रवर्द्धन तथा स्वच्छ वातावरण निर्माणमा टेवा पुर्याउने उद्देश्यले शुक्रबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ।
स्वास्थ्य चौकी परिसरमा आयोजित उक्त कार्यक्रममा कार्यालयका स्वास्थ्यकर्मी तथा सहकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमअन्तर्गत विभिन्न प्रजातिका बिरुवा रोपेर वातावरण संरक्षण, हरियाली विस्तार तथा भावी पुस्ताका लागि स्वच्छ वातावरण निर्माण गर्ने सन्देश दिइएको स्वास्थ्य चौकीले जनाएको छ।










