बाँकेको कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते


बाँके। बाँकेको कोहलपुर नगरपालिका-१५ अक्कलघरवामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने उनका छोरा गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा जाजरकोटको छेडागाड नगरपालिका-५ की ५७ वर्षीया देवीसरा रावत रहेकी छन्। दुर्घटनामा मोटरसाइकल चालक उनका छोरा सुदीप रावत गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार कोहलपुरको भित्री सडकखण्डमा हवलदारपुरबाट गुरुवा गाउँतर्फ जाँदै गरेको भे १ ख ३२३२ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको कर्णाली प्रदेश ०२-००१ ब ०३६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। ठक्करबाट रावतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते सुदीप रावतको उपचार भइरहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको