पर्सामा लेखापढी व्यवसायीको अनिश्चितकालीन हड्ताल, सरकारी सेवा प्रभावित


वीरगञ्ज। सरकारी कार्यालयहरूमा बिचौलियामाथि भइरहेको धरपकडको विरोध गर्दै पर्साका लेखापढी व्यवसायीहरूले जिल्लाभर अनिश्चितकालीन हड्ताल सुरु गरेका छन्।

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पर्साको आह्वानमा मालपोत, नापी, भूमिसुधार, अदालत तथा जिल्ला प्रशासन कार्यालयमा सेवा दिँदै आएका व्यवसायीहरूले कामकाज पूर्ण रूपमा ठप्प पारेका हुन्।

एसोसिएसनका अध्यक्ष सुरेन्द्र प्रसाद यादवका अनुसार पछिल्लो समय बिचौलियाको आरोपमा भइरहेको पक्राउ र कारबाहीप्रति असन्तुष्टि जनाउँदै आन्दोलन सुरु गरिएको हो। विशेषगरी पोखरिया मालपोत कार्यालयबाट तीन जना पक्राउ परेपछि व्यवसायीहरू आक्रोशित बनेका छन्।

व्यवसायीहरूले कानुनी प्रक्रिया पूरा गरी सञ्चालनमा रहेका भू-सेवा केन्द्र तथा लेखापढी व्यवसायीमाथि अन्यायपूर्ण कारबाही भएको आरोप लगाउँदै पक्राउ परेकाहरूको तत्काल रिहाइको माग गरेका छन्।

एसोसिएसनका अनुसार पर्सा जिल्लामा १२१ वटा भू-सेवा केन्द्र र ४ सयभन्दा बढी लेखापढी व्यवसायी सक्रिय रहेका छन्। हड्तालका कारण सेवाग्राही र सरकारी कार्यालयहरूको कामकाज प्रभावित भएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको