मोरङको रंगेलीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु


विराटनगर। मोरङको रंगेली नगरपालिका-१ पोखरी टोलमा शनिबार बिहान ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

बबियाबिर्ताबाट कर्सियातर्फ जाँदै गरेको प्रदेश ०३-००१ त ७१५१ नम्बरको ट्याक्टरले बिहान करिब ८ः४५ बजेतिर ५० वर्षीय होली ऋषिदेव लाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोशी अस्पताल पुर्‍याइएकोमा बिहान करिब ९ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनापछि प्रहरीले ट्याक्टर र चालक २५ वर्षीय सिपक ऋषिदेव लाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।

ट्याक्टरको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको