पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ, ओलीलाई पक्राउ गर्न प्रहरी टोली खटियो


काठमाडौं। पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। प्रहरीले उनलाई भक्तपुरको कटुञ्जेस्थित निवासबाट पक्राउ गरेको जनाएको छ।

स्रोतका अनुसार पक्राउअघि उनलाई जरुरी पक्राउ पुर्जी थमाइएको थियो। भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनपछि गठित छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा लेखकलाई पक्राउ गरिएको बताइएको छ।

यसैबीच, पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली लाई पक्राउ गर्न प्रहरी टोली गुण्डु पुगेको जनाइएको छ।

लेखक र ओलीलाई पक्राउ गर्ने विषयमा प्रधानमन्त्री बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने र गृहमन्त्री सुदन गुरुङ बीच छलफल भएको स्रोतले जनाएको छ।

छलफललगत्तै गृहमन्त्री गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल लाई आवश्यक निर्देशन दिएका थिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको