बर्दिबास, महोत्तरी। बर्दिबासस्थित फ्रेन्ड्स क्याफे एण्ड गेस्ट हाउस मा गम्भीर लापरबाही तथा गैरकानुनी गतिविधि उजागर भएको छ। बिना परिचयपत्र (ID) नै पाहुनालाई कोठा उपलब्ध गराइएको पाइएको छ भने होटल सम्बन्धित निकायमा दर्ता नै नभएको खुलासा भएको हो।
बिहीबार गौशालाबाट एक बालिकालाई लुकाइछिपाइ राखिएको सूचनापछि घटनाबारे बुझ्न पुगेका पत्रकार इन्दल राउत र अनुराग कुमार यादव माथि होटल सञ्चालक रकेश साह ले दुर्व्यवहार गरेको आरोप लागेको छ।
छानबिनका क्रममा होटलको इन्ट्री बुकमा अपूर्ण तथा त्रुटिपूर्ण विवरण फेला परेको छ, जसले सुरक्षा मापदण्डको गम्भीर उल्लङ्घन भएको संकेत गर्दछ।
इन्ट्री बुकमा २०८२ साल चलिरहेकै अवस्थामा २०८३ उल्लेख गरिएको पाइएको छ। साथै २०८२/१२/०८ का राजेश धुलाल, २०८२/१२/१० का गणेश खड्का र २०८२/१२/११ का दिनेश चौहानको विवरणमा परिचयपत्र नम्बर उल्लेख नभएको देखिएको छ।
घटनाप्रति सरोकारवाला निकायको ध्यानाकर्षण भइसकेको जनाइएको छ भने दोषीमाथि कडा कारबाहीको माग उठेको छ।











