विराटनगरमा ग्यास सिलिन्डर विस्फोट, आमा-छोरा घाइते


विराटनगर। विराटनगर महानगरपालिका-१४ जतुवामा बुधबार बिहान ग्यास सिलिन्डर विस्फोट हुँदा आमा-छोरा घाइते भएका छन्।

स्थानीय टंक खत्रीको घरमा खाना पकाउने क्रममा बिहान करिब १० बजे अचानक सिलिन्डर विस्फोट भएको प्रहरीले जनाएको छ। घटनामा ४२ वर्षीया निर्मला खत्री र उनका १९ वर्षीय छोरा धीरज खत्री घाइते भएका हुन्।

घटनापछि दुवै जनालाई तत्काल उद्धार गरी नोबेल शिक्षण अस्पताल मा उपचारका लागि लगिएको छ। अस्पताल स्रोतका अनुसार निर्मलाको अनुहार, छाती र हातमा गरी शरीरको करिब १८ प्रतिशत भाग जलेको छ भने धीरजको करिब ५ प्रतिशत भागमा जलन भएको चिकित्सकहरूले जनाएका छन्।

दुवै जनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

प्रहरीका अनुसार ग्यास चुहावट वा प्राविधिक समस्याका कारण विस्फोट भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

विस्फोटको ठूलो आवाजले स्थानीयवासी त्रसित बनेका थिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको