होटेल सञ्चालकसहित वेश्यावृत्तिमा संलग्न ४ जना पक्राउ


महोत्तरी। महोत्तरीको जलेश्वर नगरपालिका-२ मठिहानी चोक नजिक सञ्चालनमा रहेको एक होटलबाट वेश्यावृत्ति गराएको आरोपमा होटल सञ्चालकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

मिति २०८२ चैत ८ गते दिउँसो करिब ३ बजेको समयमा प्राप्त विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले कोइराला होटल तथा लज मा छापा मार्दा उक्त गतिविधि भइरहेको फेला पारेको हो।

प्रहरीले होटलको पहिलो तलाको कोठाबाट एक पीडित महिलासहित भारत मधवापुरका २८ वर्षीय पुरुष र दोस्रो तलाको कोठाबाट अर्की पीडित महिलासहित भारत मधुवनीका ३६ वर्षीय पुरुषलाई फेला पारेको जनाएको छ।

होटलका कोठाहरू जाँच गर्दा विभिन्न स्थानमा प्रयोग भएका तथा प्रयोग नभएका अस्थायी साधनहरू फेला परेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न जलेश्वर-२ का ६० वर्षीय पुरुष र ४५ वर्षीया महिला (होटल सञ्चालिका) समेतलाई पक्राउ गरिएको छ।

उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा महोत्तरी जिल्ला अदालत बाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको