काठमाडौं। ४८ थान राहदानी बोकेर दिल्ली जान लागेकी एक महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-१ घर भएकी ४५ वर्षीया तारा चन्द चौधरी रहेको प्रहरीले जनाएको छ। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाटै नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनी भुटान एयरलायन्सको बी३ ७७३ नम्बरको उडानमार्फत काठमाडौंबाट दिल्ली जान लागेकी थिइन्। उनको झोलाबाट विभिन्न व्यक्तिका ४८ थान राहदानी बरामद भएपछि पक्राउ गरिएको हो।
उनीमाथि थप अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पठाइएको प्रहरीले जनाएको छ।









