मधेश सधैँ विभेदमा परेको हर्क साम्पाङको दाबी, स्थिरता बिना विकास सम्भव छैन


१३ फागुन, बर्दिबास। हर्क साम्पाङ, अध्यक्ष श्रम संस्कृति पार्टीले मधेश सधैँ राज्यबाट विभेदमा पर्दै आएको बताएका छन्।

बुधबार महोत्तरी जिल्लाको बर्दिबासमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले शहीद गजेन्द्र नारायण सिंहको शालिकमा माल्यार्पण गरेर आफू मधेश प्रवेश गरेको उल्लेख गरे। राज्यले विभिन्न बहानामा मधेशमाथि निरन्तर विभेद गर्दै आएको उनको आरोप थियो।

विभेदकै कारण विभिन्न कालखण्डमा मधेशमा आन्दोलनहरू हुँदै आएको र सबैभन्दा बढी शहीद यही क्षेत्रबाट भएको उनले बताए।

अध्यक्ष साम्पाङले मुलुकमा स्थिरता, शान्ति र सुरक्षा नभएसम्म विकास सम्भव नहुने उल्लेख गर्दै देशलाई समृद्ध बनाउने स्पष्ट दृष्टिकोण श्रम संस्कृति पार्टीसँग मात्रै रहेको दाबी गरे।

उनले पार्टी, जात र समूहका नाममा समाजलाई भिडाउने प्रवृत्ति बढेको भन्दै फुटेर होइन, जुटेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। “कोही पनि मान्छे फुर्सदमा बस्नु हुँदैन भन्ने हाम्रो मान्यता हो,” उनले भने, “यो निर्वाचन जनताको विवेकको परीक्षा हो र यसपटक श्रम संस्कृति पार्टीको सरकार बन्ने सम्भावना छ।”


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको