रौतहटमा चार वर्षीया बालिकाको मृत्यु प्रकरण: कार चालकविरुद्ध ५ दिनको म्याद थप


रौतहट। रौतहटमा सवारी दुर्घटनामा परेर चार वर्षीया बालिकाको मृत्यु भएको घटनामा संलग्न कार चालकविरुद्ध पाँच दिनको म्याद थप भएको छ।

बालिकालाई ठक्कर दिने बा १५ च ४२४४ नम्बरको कार चालक रौतहटको परोहा नगरपालिका-३ घर भएका २७ वर्षीय शेख मुस्ताखविरुद्ध अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार अदालतबाट म्याद लिई थप अनुसन्धान अघि बढाइएको छ।

घटना बिहीबार दिउँसो करिब २ बजेतिर रौतहटको इशनाथ नगरपालिका-३, मठिया टोलमा भएको थियो। मुस्ताखले चलाएको कारले चार वर्षीया अल्फा खातुनलाई ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा प्रयोग भएको कार राष्ट्रिय स्वतन्त्र पार्टीका रौतहट क्षेत्र नम्बर २ का उम्मेदवार शेख सगिरको नाममा दर्ता रहेको पाइएको छ। उक्त कार चुनावी प्रचारमा प्रयोग भइरहेका बेला दुर्घटना भएको भए पनि घटनाको समयमा सगिर कारमा सवार नरहेको प्रहरीले स्पष्ट पारेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको