
काठमाडौं, जेठ ७। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसदमा दिएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण भएको बताएको छ ।
कांग्रेस सांसदहरुले विश्वासको मत लिने क्रममा इनार घेरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए । उनले कांग्रेसलाई ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिए ।
संसद बैठकपछि आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रमुख सचेतक रमेश अख्तरले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।
पटक पटक सहयोग गरेको कुरा बिर्सेको प्रधानमन्त्रीले बताएका थिए । कांग्रेस प्रमुख सचेतक लेखकले कांग्रेसले माओवादीलाई शान्तिप्रक्रियामा ल्याएको बर्सिनुभयो भन्ने प्रतिप्रश्न गरेका छन् ।
‘भोटको राजनीतिमा आएपछि तपाईले हामीलाई सहयोग गर्नुभयो, हामीले पनि गरेका छौं’ । उनले भने, तपाईंलाई जंगलबाट राजनीतिमा ल्याउने कांग्रेस हो कि को हो ? बिर्सनुभयो! कसले तपाईलाई शान्तिमा ल्यायो, हतियारको बलले बदलिन्छु भन्दै हिँडेको तपाईले बिर्सिनुभयो!
प्रधानमन्त्रीले चर्को मूल्य चुकाउनु पर्ने भन्दै उनले भने, ‘कस्तो मूल्य चुकाउनु पर्छ ? तपाईंहरु गैरजिम्मेवार भएर जाने, ७३ लाख सहकारी बचतकर्ताहरूको रकम सुनिश्चिचता छैन। यसमा संलग्नलाई कारवाही गर्ने योजना छैन । अनि नेपाली कांग्रेस विरुद्ध गैरजिम्मेवार ढंगले लाञ्छना लगाउने ? यस्तो बोल्न बन्द गरिदिनुस् ।’