आईसीसी विश्व क्रिकेट लिग २ को पहिलो खेलमा नेपाल नामिबियासँग पराजित


काठमाडौं, फागुन ३ गते ।

आईसीसी विश्व क्रिकेट लिग २ को पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । नेपालले दिएको १३३ रनको सामान्य लक्ष्य नामिबियाले ६ विकेट गुमाएर ३३.१ ओभरमा पाएको थियो ।

नेपालका सोमपाल कामीले ३, ललित राजवंशीले २ र कप्तान रोहित पौडेलले १ विकेट लिए । नामिबियासँगको हारपछि नेपालले घरेलु खेलबाट दुई महत्वपूर्ण अंक गुमाएको छ ।

२०२० देखि ओडीआई खेल खेल्दै आएको नेपालले आफ्नो घरेलु मैदान कीर्तिपुरमा अहिलेसम्मकै न्यून रन बनाउँदै ४१।१ ओभरमा १० विकेट गुमाएर १३२ रन बनाएको थियो ।

यसअघि ओडीआईमा खेलमा नेपालले २०२० मा ओमान र २०२२ मा युएईविरुद्ध कीर्तिपुरमा १७९ रन बनाएको थियो।

नेपालको एकदिवसीय इतिहासमा सबैभन्दा कम ज्ञण्घ रन यूएई विरुद्ध मार्च द्दण्द्दद्द मा दुबईमा थियो।

२०२३ को एसिया कपमा नेपाल मुल्तानमा पाकिस्तानविरुद्ध १०४ रनमा अलआउट भएको थियो ।

२०१९ मा दुबईमा नेपाल युएईसँग ११३ रनमा अलआउट भएको थियो । २०२२ मा विन्डहोकमा स्कटल्याण्ड विरुद्ध ११९, दुबईमा २०२२ मा युएई विरुद्ध १२० र जुलाई २०२२ मा स्कटल्याण्ड विरुद्ध १२८ अल आउट भएको थियो ।

समग्रमा यो नेपालको सातौं कम योगफल हो । उक्त खेलमा नेपालका भीम सार्कीले ४४ रन बनाए भने नामिबियाका कप्तान जेराल्ड इरास्मसले ५ विकेट लिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको