बोलीले होइन कामबाट नतिजा खोजौँ : मन्त्री गुरुङ


वालिङ (स्याङ्जा), पुस १२ गते ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेतृत्वको बोलीबाट होइन कामबाटै नागरिक परिवर्तन खोजेको बताउनुभएको छ ।

स्याङ्जाको चापाकोट नगरपालिकाद्वारा आज बिहान मोहम्मीको चापाकोट–६ स्थित सांखर स्वास्थ्य चौकीमा आयोजित निस्शुल्क स्वास्थ्य शिविर कार्यक्रममा उहाँले भन्नुभयो, ‘नागरिकलाई भाषणबाट होइन कामबाट नतिजा दिनुपर्छ । नेतृत्वको परीक्षा कामको मूल्याङ्कन गरेर हुने भएकाले नतिजा आउने गरी काममा ध्यान दिन जरुरी छ ।”

छोटो सम्बोधन गर्दै मन्त्री गुरुङले स्थानीय सरकार भएकाले चापाकोट नगरपालिकाले गाउँका नागरिकलाई लक्षित गरी वडामा विज्ञसहित स्वास्थ्य सेवा उपलब्ध गराएर नागरिकको स्वास्थ्यप्रति सचेत रहेको बताउनुभयो ।

स्याङ्जाको चापाकोट नगरपालिकाले हरेक वडामा पुगेर नागरिकको स्वास्थ्य जाँच गर्न थालेको छ । नगरवासीलाई आधारभूत स्वास्थ्य सेवामा पहुँच ग्रर्न मुख्य उद्देश्यका साथ आजदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको मेयर देवबहादुर खानले बताउनुभयो ।

वडा नम्बर ६ को सांखर स्वास्थ्यचौकीबाट आज शुरु भएको स्वास्थ्य शिविर माघ २७ गते वडा नम्बर ९ को चापाकोट अस्पतालमा समापन हुनेछ । वडामा रहेका स्वास्थ्य चौकी र स्वास्थ्य सेवा केन्द्रका चिकित्सकसहित स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गर्नेछ ।

शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण, भिडियो एक्सरे, ईसीजी, परिवार नियोजन, आँखा परीक्षण, दन्त परीक्षण, प्रयोगशाला र पाठेघरको मुखको क्यान्सर परीक्षण गरिने छ ।

श्रोत रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको