काठमाडौँ, पुस १० गते ।
आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज राष्ट्रका नाममा सम्बोधन र्नुभएको छ । उहाँले अहिले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट सम्बोधन गरिरहनुभएको छ ।
प्रधानमन्त्री दाहालले सम्बोधनका क्रममा आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्षको अवधिमा भएका मुख्य कामको विवरणसहित देशको आर्थिक विकासका लागि गरेका प्रयासका बारेमा जानकारी दिने बताइएको छ ।
सम्बोधन कार्यक्रममा मन्त्रिपरिषद्का सदस्य, विभिन्न मन्त्रालयका सचिव र अन्य उच्च सरकारी अधिकारीहरुको उपस्थिति रहेको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल गत माघ १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थियो । वर्तमान सरकारले सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।
श्रोत रासस











