विद्यार्थीलाई उत्पादनसँग जोड्ने पाठ्यक्रम कार्यान्वयन गर्न अध्यक्ष नेपालको आग्रह


काठमाडौं (रासस), पुस ८ गते ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षाका साथै विद्यार्थीलाई उत्पादनसँग जोड्ने पाठ्यक्रम लागू गर्नुपर्ने बताउनुभएको छ ।

शंखरापुर नगरपालिका–१ स्थित चम्पाबोट मावि भवनको आज अनुगमनका क्रममा उहाँले केही सामुदायिक विद्यालयले राम्रो शिक्षा दिने भएकाले भर्नाका लागि प्रतिस्पर्धा हुने बताउँदै उनले व्यावसायिक शिक्षाले विद्यार्थीमा रचनात्मक कामप्रति आत्मविश्वास बढाउने बताउनुभयो ।

राष्ट्रपति नेपालले उत्कृष्ट जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाको स्तरोन्नतिमा सरकारले लगानी बढाउनुपर्नेमा जोड दिए । उहाँले विद्यालयको संरचना विकास र भवन मर्मतका लागि सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक हरिबहादुर गौतम, सहायक प्रधानाध्यापक तेजनाथ दङ्गाल, शिक्षक तथा वडा अध्यक्ष बाबुराम दङ्गाल, वडा सदस्य भूमिप्रसाद दङ्गाल र रामकृष्ण ढुंगानाले राष्ट्रपति नेपाललाई विद्यालयको गतिविधिबारे जानकारी गराउनुभएको थियो । विसं २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त विद्यालयका केही भाग मर्मत गरी पुनःनिर्माण गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको