निकुञ्जका आक्रामक चार भाले हात्ती


चितवन(रासस), पुस ८ गते ।

चितवन राष्ट्रिय निकुञ्जमा समूहबाट छुट्टिएका चार भाले हात्ती यतिबेला थप आक्रामक बनेका छन् । निकुञ्जमा रहेका ध्रुवे, गोविन्दे, रोनाल्डो र मकुना हात्तीले पार्क र वरपरका बस्तीमा आतंक मच्चाएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जमा रहेका यी हात्तीमध्ये ध्रुवेले निकुञ्जको जगतपुर, माडी र पश्चिम क्षेत्रमा त्रास फैलाएको छ । गोविन्द, रोनाल्डो र मकुनाले पूर्वी क्षेत्रमा आतंक मच्चाएको उहाँले बताउनुभयो ।

‘ध्रुवे माडी र जगतपुर क्षेत्रमा छन् भने अरु तीनवटा हात्ती सौराहा क्षेत्रमा छन्’, तिवारीले भन्नुभयो, ‘सौराहा क्षेत्रमा हात्ती प्रजनन केन्द्र खोरसोर क्षेत्र र पोथी हात्ती यही क्षेत्रमा रहेकाले तीनवटै हात्ती यही क्षेत्रमा केन्द्रित छन् । ू

निकुञ्जमा भाले हात्तीको चहलपहल बढेसँगै निकुञ्ज प्रशासनले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । उहाँले भन्नुभयो, ूजङ्गली हात्तीहरू समुदायमा प्रवेश गर्ने र फर्कने क्रम जारी छ, सबैजना सावधान रहनुहोस्।ू

तिवारीले अहिले सामुदायिकमा प्रवेश गर्ने, टावर भत्काउने, बाली नष्ट गर्नेलगायतका गतिविधि भइरहेको भन्दै निकुञ्ज वरपरका बस्तीका बासिन्दालाई सचेत रहन आग्रह गरेको बताए । यी हात्ती बेलाबेलामा बस्तीमा प्रवेश गर्ने गरेको बताउँदै उनले सामुदायिक वन क्षेत्रमा घाँस काट्न जाँदा पनि सतर्कता अपनाउन सबैलाई आग्रह ग्रनुभयो ।

सूचना अधिकारी तिवारीले एक्लै हुँदा यस्ता हात्ती समुदायमा पसेर मानवीय क्षति गर्न सक्ने बताउनुभयो । सूचना अधिकारी तिवारीले हात्ती देखिएमा निकुञ्ज प्रशासन वा नजिकैको सुरक्षा चौकीमा खबर गर्न समेत अनुरोध गरिएको जानकारी दिनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको