पारदर्शी विज्ञापन बजारबाट व्यवसाय प्रवर्द्धन हुने


काठमाडौँ(रासस), पुस ६ गते ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वस्थ प्रतिस्पर्धामा आधारित पारदर्शी विज्ञापन बजारले मात्रै विज्ञापन व्यवसाय प्रवद्र्धन गर्ने बताउनुभएको छ । नेपाल विज्ञापन संघ (एना)को २४औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले पारदर्शी विज्ञापन बजारले तीनै दल, विज्ञापनदाता, सञ्चारमाध्यम र व्यवसायीलाई फाइदा हुने बताउनुभयो ।

आर्थिक संकुचनले मुलुकको समग्र आर्थिक क्षेत्र प्रभावित भएको र विज्ञापन बजार पनि प्रभावित भएको उल्लेख गर्दै मन्त्री शर्माले विज्ञापन बजार संकुचन हुँदा विज्ञापनमा काम गर्ने जनशक्तिमा र मिडियामा समस्या हुने बताउनुभयो । ”उहाँले भन्नुभयो, ”विज्ञापन बजार घट्दा विज्ञापन चक्रमा नै असर परेको छ । आर्थिक गतिविधि बढेसँगै विज्ञापनको बजार पनि बढ्ने विश्वास गर्न सकिन्छ । विज्ञापन बजारलाई थप पारदर्शी र प्रतिस्पर्धी बनाउनका लागि ध्यान दिनुपर्ने अवस्था छ ।

विज्ञापन बजार पारदर्शी नभएको गुनासो सुनेपछि मन्त्री शर्माले सरोकारवालासँग छलफल गरी विज्ञापन नियमावली संशोधन गरी विज्ञापन बजारलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो सरकारी कार्यालयले वितरण गरेको विज्ञापन अत्यन्तै अनुचित र आयोगले अस्वाभाविक रूपमा हेरफेर गरिरहेको जानकारीले आफूलाई गम्भीर बनाएको बताउनुभयो ।

मिडिया बिल, विज्ञापन एजेन्सीको शुल्कलगायतका कागजात बुझाएपछि मात्रै भुक्तानीको व्यवस्था सुरु गरिएको मन्त्री शर्माले बताउनुभयो । ”यसले विज्ञापनका सबै अंश सञ्चारमाध्यममा पुग्ने र विज्ञापन एजेन्सीले पारदर्शी रूपमा सेवा शुल्क लिने वातावरण सिर्जना हुनेछ,ू उहाँले भन्नुभयो ।

विज्ञापन सामग्री लक्षित समुदायसम्म नपुगेको भन्दै सरकारी सूचना औपचारिकताका रूपमा मात्रै दिने गरेको उल्लेख गर्दै मन्त्री शर्माले निश्चित क्षेत्र वा समुदायका लागि आवश्यक सूचना पहुँच नभएका सञ्चारमाध्यमलाई दिने भएकाले यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको