लागुऔषध गाँजासहित एक जना पक्राउ


१ भदौ, जनकपुरधाम । लागुऔषध गाँजासहित एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक प्रकाश रानाभाटले दिएका जानकारी अनुसार पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका १९ का ३५ वर्षीय बीरबहादुर ब्लोन रहेकाछन् ।

धनुषाको जनकपुरधाम उपमहानगरपालीका वडा नं ४ मुरली चोक स्थित आवत जावत गर्ने सवारी साधनहरुलाई रोकी चेक जाँच गर्ने क्रममा बिश्वकर्मा चोक तर्फबाट तिब्र गतीमा आईरहेको जनकपुरधाम ४ मुरली चोकबाट बा। ५ च। १४० नम्बरको पिकअप भ्यानमा गाँजा बोकेको ब्लोनलाई विशेष सुराकीको आधारमा पक्राउ गरिएको छ । भ्यानमा पानी राख्ने प्लाष्टिकको ट्याङ्कीमा १० पोका गाँजा राखेको थियो ।

पिकअप गाडी तथा निजको शरीर समेत खानतलासी गर्दा गाडीको पछाडी समान बोक्ने ठाउँमा पछाडी पट्टी प्लाष्टीकको खाली क्यारेट रही सो क्यारेट देखी भित्र पट्टी रहेको ५०० लिटरको प्लाष्टीकको पानीको ट्याँकी भित्र लुकाई छिपाई राखेको अवस्थामा प्लाष्टीकले बेरी डोरीले बाधेको अवस्थामा १० वटा पोकाहरु फेला परेको छ ।

बरामद गाँजा १२० के।जी। रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका ब्लोनसँगै गाँजा र भ्यानलाई प्रदेश प्रहरीले जिल्ला प्रहरी कार्यालयलाई बुझाएको छ ।

गाँजा कहाँबाट ल्याएको विषयमा केहि खुल्न सकेका छैन । यद्दपी हेटौंडाबाटै ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ उनीमाथि आवश्यक अनुसन्धान र कारबाही अगाडी बढाएको प्रहरीको भनाई छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको