लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात आजदेखि सञ्चालनमा


Deep Diamond

९ साउन, काठमाडौं ।महामारिका कारण रोकिको लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात आजदेखि सञ्चालनमा आउन थालेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौ‌ले स्वास्थ्य मापदण्ड पुर्‍याएर सञ्चालन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले आजैदेखि लामो र मध्यम दूरीका सवारी साधन सञ्चालनमा ल्याएका हुन् ।

विश्वविद्यालय र लोकसेवा आयोगका परीक्षालाई मध्यनगर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार सवारी लामो दूरीका सार्वजनिक सवारी साधन पनि सञ्चालन गर्ने सूचना जारी गरेको थियो।

प्रशासनले यात्रुलाई अनिवार्य रुपमा काउन्टरबाट मात्र टिकट लिएर यात्रा गर्न अनुरोध गरेको छ भने यातायात व्यवसायीहरुलाई पनि स्वास्थ्य मापदण्ड पालना गराउन निर्देशन दिएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको