
३० असार काठमाडौं । बुधबार सुनको मूूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ। आज सुन तोलामा ३०० रूपैयाँले बढेको छ । भने चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ७०० र तेजाबी सुनको लागि प्रतितोला ९२ हजार २०० रुपैयाँ तोकेको छ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै मंगलबार चाँदीको भाउ पनि सामान्य घटेको छ। बुधबारको लागि महासंघले चाँदीको भाउ प्रतितोला १ हजार ३१५ रुपैयाँ तोकेको छ।
अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँमा खरिद बिक्री भएको थियो।