आफैले बोकेको हतियार बाट आफ्नै दाँया कन्चटमा गोलि प्रहार गर्दा घटनास्थलमै मृत्यु


३० असार । महोत्तरी जलेश्वरस्थित श्री रणभीम गण प्रकौलीमा कार्यरत एक जना सिपाही मृत अवस्थामा भेटिएका छन । आज विहानको समयमा रामेछाप जिल्ला लिखु गाँउपालिका ५ घर भई हाल रणभीम गण प्रकौली “ख” गुल्म दरबन्दी रही पेरीमिटर पोष्टमा डिउटी रहेका सिपाही अमिर तामाङ मृत अवस्थामा भेटिएको हो ।

कम्प्युटर कोड नं. २८८८६१ रहेको २३ बर्षिय सिपाही तामाङले आफैले बोकेको ५।५ मिनि ईन्सास हतियारबाट आफ्नै दाँया कन्चटमा गोलि प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

घटनाको सम्वन्धमा थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले बताउनुभयो । रामेछापबाट मृतकका परिवारजन आएपछि शवलाई मुचुल्का उठाई पोस्टमार्डम गरिने प्रहरी नायव उपरिक्षक विष्टले जानकारी दिनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको