आज यि प्रदेशहरुमा भारि वर्षाको सम्भावना सतर्कता अपनाउन महाशाखाको अनूरोध


२९असार । प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा आज दिउँसो हुन सक्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ ।

आज राति देशभर धेरै स्थानमा हल्का देखि मध्यम वर्षा हुने छ । प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक र दुई स्थानमा भने भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।

देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै महाशाखाले अहिले देशभर बदली रही बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको जानकारी दिएको छ ।

भोलि पनि देशभर बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने छ । प्रदेश १, बागमती, गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । त्यस्तै प्रदेश १ का एकरदुई स्थानमा मेघ गर्जसहित धेरै भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

त्यस्तै बिहीबार देशभर बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।

आगामी २४ घण्टामा देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुनेछ । जसका कारण पहिरो जाने तथा नदीहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको