मन्त्रालयकै गाडी भित्र यौजन्य गतिविधि


२८ असार । सरकारी सवारीमा चढेर मस्ती गर्ने बेथिती मौलाइरहेको छ । निषेधाज्ञाको समयमा सरकारी गाडीमा स्वयम्भू डेटिङमा जाने उपसचिव भाइरल भए । निषेधाज्ञाको समयमा नियम उल्लंघन गरे पनि उनलाई उन्मुक्ति दिइयो । कारबाही चलाइएन । घटना त्यत्तिकै सामसुम पारियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जनक भट्टको नेतृत्वमा छानविन गर्न समिति बनाए पनि पास लिएका कारण निषेधाज्ञा उल्लंघन नभएको निष्कर्ष निकालियो । त्यसपछि त्यो घटना त्यत्तिकै सामसुम भयो ।

उक्त घटना सेलाउन नपाउँदै भक्तपुरको घ्याम्पेडाँडाको खरिदारको नयाँ काण्ड आएको छ । उनी बिहीबार मध्यराति घ्याम्पेडाँडामा यौन क्रियाकलापमा लिप्त अवस्थामा रंगेहात पक्राउ परे । उनीसँगै गाडी चालक पनि पक्राउ परे । दुवैले एक युवतीमाथि यौन गतिविधी गरिरहेको अवस्थमा महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी टोलीले रंगेहात पक्राउ गरे ।

पक्राउ परेका तीनै जनामाथि छानविन सुरु भयो । छानविनका क्रममा सेतो नम्बर प्लेटको प्रदेश ३ ०१ ००२ झ ५०५२ नम्बरको सरकारी गाडी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको रहेछ । सरकारी गाडीभित्र यौनजन्य गतिविधि गर्ने सोही गाडीका चालक र खरिदार रहेछन् ।

पक्राउ पर्नेमा मन्त्रालयका खरिदार ४१ वर्षीय जितबहादुर खत्री, सुनकोशी गाउँपालिका–६ का ३८ वर्षीय चालक शम्भु कार्की र दोलखाकी २१ वर्षीया महिला रहेकी छन् ।

अनुसन्धानका क्रममा युवतीले आफूले राती ११ बजे लिफ्ट मागेको । र, लिफ्ट पाएपछि गाडी चलेको । गाडीमा सवार हुने क्रममा सहमतीमै दुवैजनासँग यौनसम्बन्ध राखेको बयान दिएकी छन् ।

प्रहरीले युवतीको बयान सुनेपछि गाडी चालक र खरिदार खत्रीमाथि मुद्धा यौजन्य गतिविधिमा मुद्धा चलाएको छ भने युवतीलाई भने उन्मुक्ति दिएको छ ।

दुवैमाथि मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १२३ सार्वजनिक स्थानमा यौन क्रिया गर्न नहुने महल ९१० नम्बरको कसुर चलाइने भनिएको छ ।

स्वयम्भू र घ्याम्पेडाँडाको उक्त गतिविधिमा संलग्नमध्ये निषेधाज्ञा उल्लंघन गर्ने उपसचिव रोशन श्रेष्ठलाई छुट दिइएको छ भने मध्यरातमा यौन क्रियाकलापमा सरकारी गाडीभित्र लिप्त खरिदार खत्रीलाई मुद्धा चलाइएको छ ।

कारबाही त सबैलाई बराबारी होला रु यस्ले नेपालको कानून दैवले जानुन भन्ने अथ्र्याउँदैन रु


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको