३० बैशाख,महोत्तरी । महोत्तरीको विभिन्न स्थानमा बेवारीसे बरुवा बन्दुक, एक पुरुषको शव फेला परेको छ भने एक जना आगुऔषध सहित पक्राउ परेका छन् ।
मनराशिषवा नगरपालिका– ७ झिंगास्थानमा ५५ बर्षीय पुरुषको बेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ । मृत्कको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रकाश विष्टले बताए ।
बर्दिबासबाट लागुऔषध सहित एक युवक पक्राउ परेका छन् भने माइस्थानमा बेवारिसे बरुवा बन्दुक र मोटरसाइकल फेला परेको छ ।
बर्दिबास –५ माइस्थानस्थित टुटेश्वर मन्दिर जानेबाटोबाट एक थान बरुवा बन्दुक र एक थान स्कुटी प्रहरीले बरामद गरेको छ । प्रहरी गस्ति टोलीलाई देखेपपछि सिकार गर्न स्कुटी चढेर आएका सिकारी बन्दुक र सवारी छाडेर भागेका इलाका प्रहरी कार्यालय बर्दिबासका इन्स्पेक्टर बालिष्टर सिंहले बताए ।
त्यसैगरि बर्दिबास–१४ बाट लागुऔषध सहित २५ बर्षीय राकेश ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट ९४ वटा प्रतिबन्धित ट्याबलेट र ४ बोतल झोलिलो लागुपदार्थ लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।