
१७ बैशाख,महोत्तरी ।
बिश्व भरिनै फैलिरहेको बड्दो कोरोना भाईरसको कारण महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर –११ कालिपुरको ३८ बर्षीय रामबाबु भनिने इन्द्रजित महतोको कोरोना संक्रणमका कारण मृत्यु भएको छ ।
उनलाई पाँच दिन अघि कारोना संक्रमण देखिएपछि थप उपचारका लागि काठमाण्डौंस्थित टेकु हस्पिटलमा आइसुलेट गरिएको थिए । उपचार कै क्रममा मृत्यु भएको गौशाला नगरपालिका मेयर शिवनाथ महतोले बताए । मृत जनकपुरमा काम गर्दै गर्दा उनलाई कोरोना संक्रमण भएको थियो ।