स्थानीय युवाको आर्थिक सहयोगमा विद्यालयको पर्खाल पेन्ट


१ चैत्र, बर्दिबास । महोत्तरी स्थित एक विधालयमा स्थानीय युवाको आर्थिक सहयोगमा विद्यालयको पर्खाल पेन्ट भएको छ ।
बर्दिबास नगरपालिका – ९ पशुपतिनगर स्थित श्री जन कल्याण आधारभूत विधालयको पर्खाल स्थानीय युवा बिमल आले मगर, राम कृपाल महतो र हरिन्द्र साहको आर्थिक सहयोगमा पेन्ट भएको छ ।

स्थानीय समाजसेवी युवा बिमल आले मगरले आर्थिक अभावले विधालयको विकास गर्न समस्या भइरहेको जानकारी आए पछि केहि राहात स्वरुप विधालयको पर्खाल पेन्ट गर्न पाउँदा खुसि व्यक्त गर्दै आगामी दिनमा अझै सामाजिक कार्यमा प्रेरित हुने बताए ।

विद्यालय व्यस्थापन समितिको अध्यक्ष राम चन्द्र महतोले युवालाई धन्यवाद ज्ञापन गर्दै विद्यालय एवं विद्यालयका विपन्न विद्यार्थीलाई सहयोगको जनसमुदायमा अपिल समेत गरेका छन् ।

कार्यक्रममा स्थनीय शिक्षिका फुलमनी देवी महतो र बिना देवी महतो, विधालय समितिको सदस्य दिपनारायण साह, उमेश महतो लगायतका उपस्थिति रहेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको