टिपरको ठक्करबाट टेम्पो चालकको घटनास्थलमै मृत्यु – भिडियो


विजय साह ,पदम तामाङ्ग, धनुषा ।
धनुषाको मिथिला नगरपालिका वडा नं. ८ बडहरी बजार नजिक पूर्वपश्चिम राजमार्गमा टिपरले टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालकको घटनास्थलमै मृत्यु भएको छ ।
घटनास्थलमै मृत्यु भएको टेम्पो चालक महोत्तरीको बर्दिबास नगरपालिका वडा नंं. १ बस्ने विर बहादुर तामाङ्ग रहेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तिर्थ कार्कीले जानकारी दिएका छन् । शनिबार साँझ ६ बजे बर्दिबासबाट ढल्केवरतर्फ आइरहेको ना ८ ख ७२२२ नम्बरको टिपरले ढल्केवरबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २०३००१ स ५४७५ नम्बरको टेम्पोलाई ठक्कर दिइएको हो ।

ठक्कर दिइएको टिपर र टेम्पोलाई प्रहरीले नियन्त्रणमा लिइएको छ भने चाकलको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले बताएको छ।
यता मृतक परिवारजनको भनाई अनुुसार हामीलाई यो घटनाको जानकारी नै नगराईकन लासलाई प्रहरीले पोष्टमार्टमको लागि पठाएको र यस घटनामा प्रहरीको पनि मिलोमतो रहेको पिडित परिवारजनको आरोप रहेका छन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको