
२६ फागुन बर्दिवास । बर्दिवास । महोत्तरीको बर्दिवासमा तेश्रो बर्दिवास महोत्सव सुरु भएको छ ।
हिमाल, पहाड तराई कोही छैन पराई, एक आपसी सद्भावको पहिचान बर्दिवासलाई नमूना सहर बनाउने हाम्रो अभियान भन्ने मूल नाराकासाथ तेश्रो बर्दिवास महोत्सव सुरु भएको हो ।
मंगलबारदेखि सुरु भएको महोत्सवलाई प्रदेश २ का मुख्यमन्त्री लालबावु राउतले उद्घाटन गरेका हुन् ।
महोत्तरीको औद्योगिक, कृषि, पर्यटन, कला, संस्कृति तथा व्यापार प्रवर्द्धनका गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।
महोत्सव चैत्र ८ गतेसम्म चल्ने बर्दिवास उद्योग वाणिज्य संघले जनाएको छ ।
बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष प्रहलाद कुमार क्षेत्रीको अध्यक्षतामा आयोजित महोत्सवको उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य शारदा देवी थापा, महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डलल गायतको उपस्थिती रहेको थियो ।