
२६ फागुन ,बर्दिवास । महोत्तरी प्रहरीले आईतवार लागू औषध सहित एक जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बर्दिवास ४ माईस्थानचोकमा प्रसनि.का कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला महोत्तरी गौशला नगरपालिका १ रामनगरचोकमा बस्ने वर्ष २८को जय किशोर सोनारलाई पक्राउ गरेको हो ।
प्रहरीले सोनारको साथबाट पाईन्टको पकेटबाट नाईट्रोभ्याट १०,दुई पत्ताको १५को दरले ३० ट्यवलेट रSpasmo Proxyvon Plus दुई पत्ता ८ को दरले १६ क्याप्सुल बरामद गरेको छ ।
उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालयमा राखिएको र थप अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक बालिस्टिर सिंहले प्रसाइले बताएका छन् ।