झिझिया नृत्य टोलीलाई विजय–ऋतु दम्पतीको साडी उपहार


बर्दिबास। महोत्तरीको बर्दिबास नगरपालिका–९ मा मैथिली संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले समाजसेवी विजय सिंह र उनकी धर्मपत्नी ऋतु पोखरेलले झिझिया नृत्यमा सहभागी चेलीबेटीहरूलाई सम्मान गर्दै साडी वितरण गरेका छन्।

 

दसैँका अवसरमा परम्परागत रूपमा नाचिने झिझिया नृत्यमार्फत मैथिली संस्कृति र मौलिक परम्पराको संरक्षणमा योगदान पुर्‍याएको भन्दै उनीहरूले पथलैया र पशुपतिनगरका दुई झिझिया नृत्य टोलीलाई साडी वितरण गरेका हुन्। पथलैयाको झिझिया नृत्य टोलीलाई ३५ थान र पशुपतिनगरको टोलीलाई २२ थान गरी कुल ५७ थान साडी वितरण गरिएको हो।

समाजसेवी ऋतु पोखरेलका अनुसार मैथिली संस्कृति र ऐतिहासिक धरोहरलाई जीवन्त राख्न यस्ता परम्परालाई निरन्तरता दिन आवश्यक छ। दसैँका दस दिनसम्म प्रदर्शन गरिने झिझिया नृत्यलाई नयाँ पुस्ताले पनि नबिर्सियोस् र यसको मौलिकता जोगाइराखोस् भन्ने उद्देश्यले आफूले कमाएको रकम बचत गरी महिला दिदीबहिनीहरूलाई साडी सहयोग गरेको उनले बताइन्।

उनले मैथिली संस्कृतिको संरक्षण केवल वर्तमान पुस्ताको जिम्मेवारी नभई भावी पुस्तासम्म हस्तान्तरण गर्नुपर्ने साझा दायित्व भएको बताउँदै यस्ता सांस्कृतिक गतिविधिमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गरिन्।

स्थानीय स्तरमा परम्परागत झिझिया नृत्यमा सहभागी महिलाहरूलाई सम्मान गर्दै गरिएको यस सहयोगले मैथिली संस्कृति संरक्षणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको