बाढी प्रभावित क्षेत्रमा हैजाविरुद्धको खोप पठाइयो


काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न हैजाविरुद्धको खोप पठाउन थालेको छ।

मन्त्रालयका अनुसार आज नुवाकोटका लागि ८० हजार ५२३ डोज अर्थात् २३ बक्स हैजाविरुद्धको खोप पठाइएको छ। खोपसँगै १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०।६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्यागसमेत पठाइएको मन्त्रालयले जनाएको छ।

यसअघि नै रसुवामा आइतबार हेलिकप्टरमार्फत २१ हजार डोज हैजाविरुद्धको खोप पठाइसकिएको छ। रसुवामा यही बिहीबारदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ।

बाढीका कारण खानेपानी तथा सरसफाइका प्रणाली प्रभावित हुँदा हैजा लगायतका पानीजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा सङ्क्रमण रोकथामलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा सुरक्षित खानेपानी, सरसफाइ तथा व्यक्तिगत स्वच्छतामा विशेष ध्यान दिनसमेत आग्रह गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको