मधेश प्रदेशलाई सुख्खाग्रस्त घोषणा, किसानका लागि राहत प्याकेजको माग


२६ असार, जनकपुरधाम — मधेश प्रदेश सरकार मन्त्रिपरिषदको आज साँझ बसेको बैठकले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ। मौसमीय असन्तुलनका कारण समयमा वर्षा नहुँदा धान रोपाइँमा गम्भीर असर परेको र रोपिएका खेतमा समेत चिरा पर्न थालेको अवस्था देखिँदै यस्तो निर्णय गरिएको हो।

बैठकले सुख्खाबाट प्रभावित किसानहरूका लागि विशेष राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ। साथै, कृषि क्षेत्रमा सक्रिय रहेका दातृ निकायहरूलाई समेत आवश्यक सहयोगका लागि प्रदेश सरकारले आह्वान गरेको छ।

यस्तै, मन्त्रिपरिषदले पर्साको वीरगंजलगायत मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएको खानेपानी संकट समाधानका लागि आवश्यक स्रोत–साधन परिचालन गर्ने निर्णय पनि गरेको छ। खानेपानी आपूर्तिका लागि ट्याङ्करलगायतका माध्यम प्रयोग गरिने र यसमा संघीय खानेपानी मन्त्रालयको सहयोग मागिने निर्णय गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको