बर्दिबास महोत्सवः आफूले गर्दा राम्रो, अर्कोले गर्दा नराम्रो


अमृत कुमार महतो । १४ माघ बर्दिबास ।
मधेस प्रदेशको यस्तो ठाउँ जहाँ विवाद बिना कुनै कार्यक्रम सफल भएको छैन । हरेक बर्ष बर्दिबासमा महोत्सव आयोजना हुँदा विवाद उत्पन्न हुन्छ । उद्योग बाणिज्य संघ बर्दिबासले लगाउँदा महोत्सवको विरोध कतैबाट पनि हुँदैन्, तर, त्यो अन्य कुनै पनि संस्थाले महोत्सव लगाउँदा त्यसको विरोधका श्वरहरु आउछन् । विरोधका कार्यक्रम प्रयाप्त हुन्छन् । गएको बर्ष बर्दिबासमा आदिवासी जनजातिले महोत्सव लगाउदा पनि संघले विरोध जनाएको थियो । यो बर्ष पनि ‘हाम्रो माया घर’ बर्दिबासले महोत्सव लगाउने भएपछि संघले विरोध गर्ने चेतावनी दिएका छन् । यो बर्ष झनै विरोधलाई झन शसक्त बनाएको देखिन्छ ।

यसरी महोत्सव लगाउने सन्दर्भमा पटक–पटक विवाद हुनुले आगामी दिनमा यसले झनै उग्र रुप लिन सक्छ । किनकी प्रत्येक बर्ष बिभिन्न संघसंस्थाले महोत्सव लगाउने र ब्यासायीहरुले आन्दोलनलाई थप शसक्त बनाउँदै लैजानुले अन्य संस्थाहरुले महोत्सव नै सञ्चालन गर्नुहुँदैन, भन्ने खालको नजीर बसाल्न सकिन्छ । सर्वपक्षीय बैठकबाट कार्यविधि बनाएर निकास दिन सम्बन्धित निकायको ध्यान जान जरुरी छ । सहमतिमा अनुसार नगरपालिकाले कार्यविधि बनाएर सबै संघसंस्थालाई समेट्न सक्यो भने यो समस्या दीर्घकालिन रुपमा समाधान हुन सक्ने देखिन्छ ।

आर्थिक मन्दीलगायतका विभिन्न चुनौती चलिरहेको समयमा बर्दिबासका स्थानीय व्यवसायीहरुलाई असर पर्नेगरी उक्त व्यापार महोत्सवको व्यावसायिक वातावरण बिग्रन सक्ने र त्यसबाट उत्पन्न हुनसक्ने असरको पूर्ण जिम्मेवारी कसले लिने चिन्ता जनमासमा छ । प्रायः बर्दिबास महोत्सव व्यावसायिक पर्बद्धन भन्दा पनि मनोरञ्जन केन्द्रित हुने गरेका छन् । रमाइला खेल तथा मनोरञ्जनप्रति नै महोत्सव अवलोकनकर्ता झुम्मिने गरेको पाइन्छ । जुनसुकै संस्थाले जेसुकै उद्देश्य राखेर मेला, महोत्सव आयोजना गरिए पनि उद्देश्यमूलक बन्न सकेको पाइँदैन ।

मेला र महोत्सव भन्नेवित्तिकै नाच्ने, गाउने, रोटेपिङ्ग खेल्ने, सर्कस हेर्ने, मनोरञ्जन गर्ने, खाने र तिनैमा अवलोकनकर्तालाई आकर्षित गरी पैसा कमाउने प्रवृत्ति हावी भइरहेको छ । महोत्सवको उद्देश्य प्राप्तिमा सहयोग पुग्ने सिमित स्टल हुने, ती स्टलहरुमा अवलोकनकर्ताको ध्यान नजाने, विभिन्न रमाइला खेल, मनोरञ्जन तथा स्टेजमा हुने सांगीतिक कार्यक्रममै बढी अवलोकनकर्ताको भीड देखिने गरेको विगतका महोत्सवहरुले पुष्टि गर्दछ । आयोजकले पनि धेरै दर्शक अवलोकनकर्तालाई आकर्षित गर्न मनोरञ्जनलाई बढी महत्व दिने गरेको पाइन्छ, जसले महोत्सवको उद्देश्यलाई गौण बनाउँछ । निश्चित उद्देश्य राखेर जुनसुकै संस्थाले महोत्सव आयोजना गर्छन् भने विरोध गर्नुको कुनै औचित्य हुदैनन् ।

‘हाम्रो माया घर’ ले हैन बर्दिबास उद्योग वाणिज्य संघले महोत्सव मात्र लगाउन पाउने तर्कलाई स्थानीय व्यवसायीको पक्षबाट हेर्दा सान्दर्भिक लागे पनि स्वभाविक मान्न सकिँदैन । व्यापार महोत्सवले स्थानीय व्यवसायीको व्यापारमा असर पुग्छ भन्ने संघको आशंका पनि व्यावसायिक प्रतिस्पर्धाको पक्षमा देखिँदैन । महोत्सवमा स्टल राखेर सामानको प्रदर्शन तथा बिक्री गरी आफ्नो व्यापार व्यवसाय प्रवद्र्धन गर्न स्थानीय व्यवसायी अग्रसर बन्नुपर्छ ।

‘हाम्रो माया घर’ ले आयोजना गर्न लागेको महोत्सवमा आफ्ना सदस्यहरुलाई सहभागी गराई व्यवसाय प्रवद्र्धन गर्न सहजीकरण गर्नुपनेर्मा उद्योग वाणिज्य संघनै महोत्सव रोक्न अग्रसर हुनु विवाद निम्त्याउनु हो । आफूले महोत्सव आयोजना गर्दा राम्रो, अर्कोले आयोजना गर्दा नराम्रो हुन्छ भन्नु अनावश्यक विवाद निम्त्याउन खोज्नुमात्र हुनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको