प्रधानमन्त्री दाहालसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट


काठमाडौँ, पुस १९ गते ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतीय विदेशमन्त्री डा एस जयशंकरले शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय सहयोग र आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटाले विशेषगरी प्रधानमन्त्रीको कार्यकालमा भएका सहमति कार्यान्वयनका लागि आज बस्ने नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक फलदायी हुने विश्वास व्यक्त गरेको जानकारी दिनुभयो। मन्त्री दाहालको अन्तिम भारत भ्रमण ।

जुनमा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले सहमतिलाई छिटोभन्दा छिटो कार्यान्वयन गर्न दुई देशबीचको संयुक्त आयोगको बैठकमा आवश्यक छलफल गरी अगाडि बढ्न भारतीय विदेशमन्त्रीलाई आग्रह गर्नुभएको थियो । सल्लाहकार सापकोटाले भारतसँग भएको विद्युत व्यापार सम्झौता नेपाल र भारत दुवैका लागि कोसेढुङ्गा साबित हुने र नेपालले बंगलादेशसम्म विद्युत व्यापार गर्न सक्ने बताउनुभयो ।

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री डा जयशंकर दुईदिने भ्रमणका क्रममा आज नेपाल आइपुग्नुभएको हो । उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि शिष्टाचार भेट गरिसक्नुभएको छ ।

श्रोत रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको