एपीएफले कोशीलाई हराउँदै प्रधानमन्त्री कपको उपाधि


काठमाडौं, पुस १८ गते ।

कोशीलाई ११ रनले पराजित गर्दै सशस्त्र प्रहरी क्लबको एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी–२० कपको उपाधि जितेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा १ सय १५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा १ सय ३ रन बनाउन सक्यो

कोशीका लागि कप्तान रुविना क्षेत्रीले ६२ रन, काजल श्रेष्ठले २२ रन, अप्सरी बेगमले ८ रन, लकिता राजवंशीले ६ रन र राईले अविजित २ रन जोडिन् । एपीएफका लागि सीता राना मगर र करुणा भण्डारीले १–१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको एपीएफका लागि इन्दु बर्माले ५३ रन, ज्योति पाण्डेले २७ रन, रोमा थापाले १४ रन जोडिन् । सरिता मगर ९ र करुणा भण्डारी २ रनमा अविजित रहिन् ।

बलिङतर्फ कोशीका लागि अप्सरी बेगमले प्रतियोगिताको पहिलो ह्याट्रिक विकेट लिइन् । एलिसा खाडियाले २ विकेट लिइन् । रुविना क्षेत्री र निशा शाहले १–१ विकेट लिए । पहिलो क्वालिफायरमा एपीएफलाई ५२ रनले हराउँदै कोशीले दोस्रो इलिमिनेटरमा सुदूरपश्चिम प्रदेशलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । यस प्रतियोगितामा कोशी तेस्रो पटक एपीएफसँग पराजित भएको छ ।

श्रोत onlinekhabar


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको