राष्ट्रियसभा निर्वाचनबारे विषयमा छलफल


काठमाडौँ, पुस १७ गते ।

नेपाली काँग्रेस र नेकपा (एकीकृत माओवादी)का शीर्ष नेताहरुबीच आगामी राष्ट्रियसभा सदस्य निर्वाचनका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री तथा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेताबीच छलफल भएको कांग्रेस प्रमुख सचेतक रमेश अख्तरले जानकारी दिनुभयो ।

उहाँले पहिलो चरणमा गठबन्धनका दुई दलबीच राष्ट्रियसभा सदस्य निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको र त्यसपछि गठबन्धनका अन्य दलसँग पनि छलफल गर्ने बताउनुभयो ।

कार्यक्रममा कांग्रेस उपाध्यक्ष एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, प्रमुख ह्वाइटलब्लोर एवम् माओवादीका वरिष्ठ उपाध्यक्ष एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत नेताहरुको सहभागिता थियो । माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदैछ ।

श्रोत रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको