चिसो बढेको कारण एक महिना विद्यालय बन्द


मुगु, पुस १२ गते ।

मुगुम कर्मारोङ गाउँपालिकाले माथिल्लो करानका विद्यालयलाई एक महिना हिउँदे बिदा दिने निर्णय गरेको छ । अत्याधिक जाडोका कारण कर्मचारीलाई काम र अध्ययन गर्न कठिन हुने भएकाले पुसको दोस्रो हप्तादेखि माघ १५ गतेसम्म हिउँदे बिदा दिने निर्णय गरिएको हो ।

उच्च हिमाली जिल्ला सेरोग, डोल्फु, टखा, खरी, कार्तिक, किम्री, चिताई, मुगु, पुवालगायतका करिब एक दर्जन गाउँका विद्यालयलाई एक महिना हिउँदे बिदा दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष चिरिङ कप्ने लामाले जानकारी दिनुभयो ।

अध्यक्ष लामाका अनुसार हिउँदमा विद्यालय सञ्चालनका क्रममा विद्यार्थी बिरामी परेकाले माथिल्लो कुरान पढाइ बन्द गरिएको हो । नगरपालिकाले एक महिनाको हिउँदे बिदा दिने निर्णय गरेपछि नगरपालिकामा कार्यरत शिक्षकहरु घर जान थालेका छन् । चिसोका कारण एक महिनादेखि गाउँपालिकामा विकास निर्माणका काम प्रभावित हुने जनाइएको छ ।

चिसो क्रमशः कम भएपछि माघ १५ गतेपछि मात्रै गाउँका सबै सरकारी सेवा नियमित सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । चिसो बढेपछि मुगुम कर्मारोङका मुगुम, चिताई, डोल्फु, किम्रीलगायत बस्तीका बासिन्दा जाडोबाट बच्न गाउँ छाडेर बेन्सी जान थालेका छन् ।

श्रोत रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको