काठमाडौँ(रासस), पुस ६ गते ।
काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई विद्यालय बाहेक अन्य कपडा किन्न बाध्य नगर्न महानगर मातहतका विद्यालयहरुलाई आग्रह गरेको छ ।
विभिन्न चाडपर्वहरूको नाममा केही विद्यालयले विद्यार्थीलाई विद्यालयको नियमित कपडाभन्दा फरक कपडा किन्न बाध्य पारेको गुनासो आएपछि महानगरपालिकाका शिक्षा अधिकृत सीताराम अधिकारीले सहरअन्तर्गत सञ्चालित विद्यालयलाई अन्य कपडा किन्न बाध्य नगर्न आग्रह गरिएको रासलाई जानकारी दिनुभयो ।
परिपत्रविपरीत काम गरेको पाइएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानून बमोजिम कारबाही गरिने भन्ने कुरा अधिकारीको भनाई छ ।











